Saturday, January 18, 2025
Home > आर्थिक समाचार > धानको उत्पादनमा कमी आउने

धानको उत्पादनमा कमी आउने

कपिलवस्तु, २७ कार्तिक । कपिलवस्तुमा यस वर्ष धानको उत्पादनमा कमी आउने भएको छ ।

दानामा दुध लाग्ने बेलामा बर्षा नहँुदा यस बर्ष कपिलवस्तुमा १२ प्रतिशतले धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । यस बर्ष समयमै बर्षा भएपछि कृषकहरुले असार साउनमै धान रोपेका थिए । समयमै बर्षा हुँदा ब्याड राख्ने धान रोप्ने कार्यसमेत समयमै गरिएको थियो । तर धान पसाउने बेलामा बर्षा नहुँदा १० देखि १२ प्रतिशतले कमी आउने कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाका अधिकांश क्षेत्रमा सिंचाई सुविधा छैन । आकाशेपानीकै भरमा यहाँका किसानले खेती गर्दै आएका छन् । जिल्लामा २० प्रतिशतको हाराहारीमा सिंचाई सुविधा छ । यस्तै बाह्रैमासे ५ दशमलव ६७ प्रतिशतमा मात्र सिंचाई सुबिधा उपलब्ध छ । जिल्लामा राधा ४, साबित्री, मसुली, जानकी, सर्जु ४९, साभा सगोल, गोल्डेन मसुली, लोकनाथ, गोरखनाथ, लोपोन्मुख प्रजाति कालासहित दुई दर्जन प्रजातीका धान खेती गरिन्छ । यस बर्ष ७२ हजार हेक्टरमा लगाइएको खेतीबाट २ लाख ११ हजार २११ मेट्रिक टन धान उत्पादन हुने अनमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *