Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > द्वन्द्वपीडित महिला न्याय खोज्दै काठमाडौंमा

द्वन्द्वपीडित महिला न्याय खोज्दै काठमाडौंमा

काठमाडौं, ४ पुष । तात्कालिन सशस्त्र द्धन्द्धका पीडीत महिला न्याय खोज्दै राजधानी काठमाडांैमा भेला भएका छन् ।

शान्ति प्रक्रियाको १२ बर्ष पुगिसक्दा पनि आफुहरुको समस्याबारे सरकार गम्भीर नबनेको भन्दै उनीहरुले रोष प्रकट गरे । बेपत्ताको खोजविन तथा सत्यतथ्य पत्ता लगाउने सवालमा सरकारले पटकपटक बाचा गरे पनि पुरा गर्नेतर्फ पहल नगरेको भन्दै उनीहरुले आफुहरुको समस्या र शान्ति सम्झौतामा गरिएका प्रतिबद्धता सम्झन पुनः सरकारको ध्यानाकर्षण गराएका छन् । राजधानीमा आज सुरु द्धन्द्ध प्रभावित महिलाहरुको साझा सवाल विषयक दुईदिने राष्ट्रिय भेलामा सहभागी महिलाले आफुहरुको माग सम्बोधनका सवालमा राज्यका तर्फबाट भएका प्रतिवद्धता पुरा गर्न दबाब दिए । त्यसैगरी पीडीतलाई न्याय दिन गठन गरिएका आयोगहरुलाई पनि कर्तव्य र दायित्वबोध महसुस गर्न उनीहरुले आग्रह गरे । नेपालगञ्जकी द्धन्द्धपीडीत शोभा बिसीले सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यशैलीबाट आफूहरुको मुद्दा तामेलीमा रहने डर भएको बताउनुभयो । आयोगहरुले काम नगर्दै म्याद थप्ने मात्रै काम भएको भन्दै उहाँले गोप्य उजुरी भनिए पनि त्यसमाथिको कारवाही अघि बढ्न नसक्दा सुरक्षाको खतरा पनि थपिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *