Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > देशलाई द्वन्द्वतर्फ धकेलेको कमल थापाको आरोप

देशलाई द्वन्द्वतर्फ धकेलेको कमल थापाको आरोप

जनकपुर, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बर्तमान सरकारले देशमा शान्ति, स्थायित्व, विकास र समृद्धिभन्दा देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाउनुभएको छ ।

आज जनकपुरमा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले इसाई धर्मप्रचार संस्थाको कार्यक्रममा सरकार आफै सहआयोजक बन्नु आपत्तिजनक विषय रहेको भन्दै यसले नयाँ अस्थिरताको खतरा बढेको दाबी गर्नुभयो । अध्यक्ष थापाले २०६२÷०६३ को आन्दोलनमा धर्म निरपेक्षताको कुरा नउठेपनि विदेशीको ईशारामा धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको बताउनुभयो । उहाँले जनआन्दोलनपछि १२ वर्षमा लाखौँ व्यक्तिलाई विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराईएको दावी गर्दै यसरी धर्म परिवर्तन बढ्दै गए मुलुक धार्मिक तथा सांस्कृतिक द्वन्द्वमा फस्ने चेतावनी दिनुभयो । अध्यक्ष थापाले आगामी फाल्गनु ७ गतेदेखि राप्रपाले हिन्दुराष्ट्र निर्माणका लागि संघर्षका कार्यक्रम गर्ने जानकारी दिनुभयो । उहाँले सरकारको ९ महिने कार्यकाल पुर्णरुपमा असफल भएको समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *