Saturday, January 18, 2025
Home > मुख्य समाचार > दुहवी गोली काण्ड : सहमतिपछि आन्दोलन फिर्ता

दुहवी गोली काण्ड : सहमतिपछि आन्दोलन फिर्ता

दुहवी, ६ मंसिर । सुनसरीको दुहवी ९ छाताबेलीका फिदा हुसेन हत्याको दोषी पत्ता लगाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका स्थानीयले आन्दोलन फिर्ता लिएका छन् ।

आज दिउसो प्रशासनसँग भएको वार्तामा गृहमन्त्रीको राजीनामा बाहेक सम्पूर्ण माग पुरा गर्ने आश्वासन दिएपछि स्थानीयले विरोधका कार्यक्रम फिर्ता लिएका हुन् । मृतक हुसेनको शव हिजो मध्यान्हबाटै दुहवी स्थित डाँगा चौकमा राखिएको थियो । टेण्ट गाडेर मृतकका परिवार सहित स्थानीयले शव सडकमै राखी प्रर्दशन जारी राखेका थिए । आज प्रशासनसँग भएको वार्तापछि शवको पोष्टमार्टम गरिएको छ । हुसेन हत्याको बिरोधको प्रभाव सुनसरीको दुहवी सहित भमरी, औराबनी, इनरुवा लगायतका क्षेत्रमा समेत परेको थियो । शान्ति सुरक्षा दिन नसकेको भन्दै मुस्लिम समूदायको उपस्थिती रहेको क्षेत्रमा बिहानैबाट टायर बाली प्रहरी प्रशासन विरुद्ध नाराबाजी भएको थियो । विराटनगर इटहरी सडकखण्डको दुहवी बजारमा सडक अवरुद्ध हुँदा सो सडक खण्ड भएर गुड्ने सवारीका सम्पूण साधन ठप्प भएका थिए भने दुहवी क्षेत्रका उद्योग कल कारखाना, शिक्षणसंस्था र बजार पूर्ण रुपमा बन्द थिए । आन्दोलन कारी र प्रशासनवीचको वार्ता सफलपछि आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *