Saturday, January 18, 2025
Home > Uncategorized > दाहालद्धारा सरकारको बचाऊ

दाहालद्धारा सरकारको बचाऊ

काठमाडौ, २१ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको बचाऊ गर्नु भएको छ ।

जनअपेक्षा अनुसार काम नभएको दावी गर्दै आलोचना भईरहँदा अध्यक्ष दाहालले नौं महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’को कार्य सम्पादन गरेको भन्दै सरकारको बचाऊ गर्नु भएको हो । उहाँले अव सरकार जनताको चासो र चिन्तालाई सम्बोधन गर्नेतर्फ केन्द्रित रहेको दावी समेत गर्नु भयो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारतसँगको डुबान समस्या समाधान गर्नु, चीनसँग पारबहन सम्झौंता गर्नु, रेल सेवा संचालनका लागि दुवै मुलुकसँग समझदारी गरेर अघि बढनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै त्यतापट्टि ध्यान दिन पनि उहाँले सरकारका आलोचकहरुलाई आग्रह गर्नु भयो । अध्यक्ष दाहालले चुनावमा गरिएको प्रतिवद्धता चार वर्ष भित्र पूरा गर्ने संकल्प पनि कायमै रहेको स्पष्ट पार्नु भयो । अध्यक्ष दाहालले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था संविधानमै ग्यारेन्टी गरेकाले अव त्यो समस्या हल हुँदै जाने विश्वास पनि व्यक्त गर्नु भयो । अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउन वैज्ञानिक खोज तथा अनुसन्धानको क्षेत्रमा विशेष चासो राख्ने विषयमा पनि राजनीतिक नेतृत्वमा समस्या नरहेको पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *