Saturday, January 18, 2025
Home > मुख्य समाचार > दसगजा मिचेर बनाएको सडक चौतर्फी विरोधपछि भत्काउन भारत बाध्य

दसगजा मिचेर बनाएको सडक चौतर्फी विरोधपछि भत्काउन भारत बाध्य

काठमाडौं, १० पुष । मोरङको जहदा गांउपालिकामा नेपालभारत अन्तरराष्ट्रिय सिमाक्षेत्रमा दशगजा मिचेर बनाइएको सडक भत्काउन थालिएको छ । दुवैतर्फका सुरक्षा अधिकारीबीच भएको छलफलपछि सडक बनाउनकालागि थुपारिएको माटो जेसिबी प्रयोग गरेर सम्याइएको छ ।

मोरंगको जहदा गांउपालिका १ स्थित कालाबञ्जर र भारत विहार राज्यको अररिया जिल्ला कुशमाहा गा्रमपञ्चायत ४ को आमगाछी मुसहरी बस्तिहुंदै दशगजामा निर्माण गरिको सडक सम्याइएको छ । अन्तरराष्ट्रिय सन्धि सम्झौता विपरीत एकपक्षियरुपमा भारतीय पक्षले दशगजा मिचेर निर्माण शुरु गरिएको सो सडक जेसिबि प्रयोग गरेर सम्याइएको छ । नेपालतथा भारततर्फको सुरक्षा अधिकारीबीच मंगलबार बिहान भएको छलफल पछि सडक निर्माण गर्न दशगजामै खाल्डो खनेर निकालिएका माटो फेरी खाल्डो खनिएकै ठांउमा सम्याइएको छ । भारतीय सिमा सुरक्षा बल एसएसबी ५६ औं बटालियनका डेप्युटी कमान्डेन्ट र सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर मोरङका गणपतिबीच भएको छलफलपछि सडक बनाउन थुपारिएको माटो सम्याइएको हो । दशगजाको दुवैतर्फ दशगज अर्थात ९.१ मिटर खाली राख्नुपर्ने प्रवाधान भएपनि भारतीय पक्षले सो ठांउमा दशगजा मिचेर सिमानामा राखिएको पिल्लरकै छेउमा सडक निर्माण शुरु गरेको थियो । दशगजा मिचेर निर्माण गर्न लागिएको सो सडकका कारण नेपालतर्फका जहदा गांउपालिकाका विभिन्न वडाका साथै विराटनगर महानगरपालिकाका विभिन्न वडाहरु डुबान हुने खतरा समेत थियो । आगामी दिनहरुमा समेत दसगजा र सिमाना मिचेर हुनसक्ने गतिविधिप्रति नेपाली सुरक्षा निकाय र प्रशासन थप सजग रहनुपर्ने जदहा गांउपालिका १ का वडाध्यक्ष प्रदीपचन्द यादवको भनाई छ ।

सो ठांउमा दशगजा मिचेर सडक निर्माण भइरहेको बिषयमा मकालु टेलिभिजनले पौष ९ गते प्राथमिकताका साथ समाचार प्रशारण गरेको थियो । मकालु समाचारकालागि नवीन कर्ण,जहदा गांउपालिका मोरङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *