बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ । युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज दिउँसो काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै चर्का नाराबाजीसमेत गरेका थिए । बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा काठमाडौंमा दैनिक प्रदर्शन हुँदै आएका छन् । उनीहरुले निर्मलाको हत्यारालाई पत्ता लगाउन बम दिदीबहिनीलाई अनुसन्धानमा दायरामा ल्याउन ढिलाई नगर्न पनि सरकारलाई दिवाव दिँदै आएका छन । सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले पनि एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई अनुसन्धान गर्न सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाइसकेको छ ।