Saturday, January 18, 2025
Home > मुख्य समाचार > तेह्रथुममा शव बाहन नहुँदा समस्या

तेह्रथुममा शव बाहन नहुँदा समस्या

तेह्रथुम, ५ पुष । तेह्रथुम जिल्लामा शब बाहन नहुँदा नागरिकलाई सास्ती हुने गरेको छ । जिल्ला अस्पतालमा मात्र हैन जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरुको मृत्यु हुँदा निजी सवारी साधनले समेत शब बोक्न नमान्दा जिल्लावासीले सास्ती व्यहोर्नुपर्ने बाध्यता छ ।

शव वाहन नहँुदा स्थानीयवासीले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा समेत ट्याक्टरमा शब बोक्ने गरेका छन् । स्थानीय तहहरुले महँगो मूल्यमा आफ्नो सुबिधाका लागि सवारी साधन खरिद गरे पनि नागरिकलाई दुःख पर्दा चाहिने शब बाहन किन्नका लागि कसैले चासो नदेखाएको स्थानीयबासी निर्मल ढुंगानाले गुनासो गर्नुभयो । जनता सेवा गर्छु भनेर निर्वाचित भएका जनप्रतिनिधिले आफ्नो सेवासुबिधाका लागि लाखौं खर्चेर गाडी खरिद गरे पनि नागरिकका लागि चाहिने शब बाहन खरिद नगर्दा यस्तो समस्या भएको हो । स्थानीय सरकारले यसबारे चासो दिनुपर्ने भएका पनि अहिलेसम्म २ नगरपालिका र ४ गाउँपालिकाले समेत शब बाहन खरिदका लागि चासो नदिएको जिल्ला अस्पतालका डाक्टर आनन्द देबले बताउनुभयो ।

जिल्लाका बिभिन्न बस्तीहरुमा सडक सञ्जाल पुगे पनि यहाँ सञ्चालन हुने सवारी साधनले शब बोक्न नमान्ने र बोक्ने सवारी साधनले भने चर्को मूल्य लिने गरेका छन् । शब अन्त्येष्टीका लागि मात्र हैन भबितब्य भएर मृत्यू भएकाहरुको शबलाई पोष्टमार्टम गर्नका लागि लैजानसमेत बाहन चाहिने भएपछि अब स्थानीय सरकारले शब बाहनको ब्यबस्था गरि दिनुपर्ने जिल्लाबासीले माग गरेका छन् । जिल्लामा २ वटा दमकल र ५ वटा एम्बुलेन्स सञ्चालनमा रहे पनि अहिलेसम्म कुनै संस्थाले शब बाहन खरिद गरेका छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *