Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > तीन सदस्यीय उपसमिति गठन

तीन सदस्यीय उपसमिति गठन

संसदीय सुनुवाई विशेष समितिले कार्यविधि तय गर्नका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ ।

आज सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठकले कार्य विधि तय गर्नका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का योगेश भट्टराई र शिवकुमार मण्डल केवट तथा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी पुष्पा भुसाल रहनु भएको ३ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई भोलिसम्म कार्यविधि तय गर्ने कार्यादेश दिइएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो । संवैधानिक परिषदले समितिको सचिवालयमा प्रधानन्यायाधिश नियुक्त प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको छ । सोही पत्राचारलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि तय गर्न उपसमिति गठन गरिएको पनि जेष्ठ सदस्य कर्णले बताउनुभयो ।
समितिले सभापति चयन प्रक्रियामा ढिलाई नगर्ने पनि स्पष्ट पारेको छ । नियमावलीमा गरिएको व्यवस्थाअनसार सभापति चयन प्रक्रियालाई पनि तत्काल अघि बढाउने कार्यसूची तय गरिएको ज्येष्ठ सदस्य कर्णले बताउनुभयो ।

१५ सदस्यीय संसदीय सुनुवाई विशेष समितिमा प्रतिनिधिसभाबाट अमृता थापामगर, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भिमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहनुभएको छ । त्यसैगरी राष्ट्रियसभाबाट समुन प्याकुरेल, नन्दा चपाईँ र जीतेन्द्र देव समितिमा रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *