Saturday, January 18, 2025
Home > मुख्य समाचार > तराईमुक्ति मोर्चाद्वारा हातहतियार समर्पण (फोटो फिचर सहित)

तराईमुक्ति मोर्चाद्वारा हातहतियार समर्पण (फोटो फिचर सहित)

विराटनगर, २७ मंसिर । अखिल जनतान्त्रिक तराईमुक्ति मोर्चा (विवेक समुह) ले सरकारी वार्ता टोलीलाई हातहतियार बुझाउदै शान्तिपुर्ण राजनितिमा आउने प्रतिबद्धता जनाएको छ । मोर्चाले आज विराटनगरमा आयोजित कार्यक्रमकाबीच सरकारी वार्ता टोलीलाई हतियार बुझाउँदै शान्तिपूर्ण राजनीतिमा फर्किने प्रतिबद्धता जनाएको हो ।

यसअघि राजनितिक मुद्धा उठान गरेर तराईमा सशस्त्र गतिविधि गर्दै आएको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहबाट अलग्गिएर गठन गरिएको विवेक समूहका संयोजकसहित चार जनाले सरकारी वार्ता टोली समक्ष आफुसंग भएको हातहतियार बुझाउँदै सार्वजनिक भएका हुन । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित कार्यक्रमकाबीच सो मोर्चाका सदस्यहरुले सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेलाई हतियार बुझाउदै सार्वजनिक भएका हुन् । सप्तरी र सुनसरीका विभिन्न क्षेत्रहरुमा गतिविधि चलाउँदै आएको सो मोर्चाका सदस्यहरुले कटुवा पेस्तोल २ थान र एकथान स्वचालित पेस्तोल टोलीसमक्ष बुझाएका छन् । वार्ताटोलीसमक्ष हतियार बुझाएर सार्वजनिक हुनेहरुमा अखिल जनतान्त्रिक तराईमुक्ति मोर्चा (विवेक समुह) का संयोजक विनोदकुमार यादव भनिने विवेक यादव, रामु कामैत भनिने रामनन्दन कुमार कामैत, विनायक कुमार यादव र जयप्रकाश लिचपुरिया रहेका छन् । सो क्रममा मोर्चाका संयोजक विवेकले विगतमा शसस्त्र आन्दोलनको क्रममा आफुहरुलाई लगाइएको मुद्धा फिर्ता लगायतका बिषयमा वार्ता टोलीसंग सहमति भएपछि हतियार विसाउदै शान्तिपुर्ण राजनितिमा फर्किन लागेको बताउनुभयो ।

सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विवेक समूहको मोर्चा संग थप हातहतियार रहेको र ती हतियारहरु समेत वार्ता टोली मार्फत सरकारलाई बुझाइने बताउनुभयो । उहांले समूहका अन्य सदस्यहरुसंग भएको थप हतियारहरु संकलन गर्न केहि समय लाग्ने भएकाले आगामी पौषको पहिलो साता थप हतियार बुझाउने सहमति भएको जानकारी दिनुभयो । उहांले वार्ता टोलीले आफूले पाएको म्यान्डेटअनुसार विभिन्न समुह र मोर्चाहरुसंग छलफल गर्दै यसअघि राजनितिक उद्धेश्यसहित सशस्त्र गतिविधि चलाउँदै आएकाहरुसंग छलफल र सहमति गर्ने प्रयास गरिरहेको बताउनुभयो । उहांले टोलीले यसअघिका वार्ताहरुमा भएका सम्झौताहरुलाई कार्यान्वय गराउन समेत क्रियाशिल रहेको बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मुलुकलाई शान्ति र दिगो विकासतर्फ लान सरकारले वार्ता टोली मार्फत असन्तृष्टहरुसंग शुरु गरेको वार्ता सकारात्मक दिसातर्फ अघि बढेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सरकारी वार्ता टोली २०७५ का सदस्य सुरेश आले मगर, ताराकान्त चौधरी, गृह मन्त्रालयका उपसचिव विश्वराम न्योपाने, गृहमन्त्रालयकै एकदेव अधिकारीसहित मोरङस्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *