Saturday, January 18, 2025
Home > मुख्य समाचार > डुब्यो सप्तरी, राजविराजका अधिकांश वडा डुबानमा

डुब्यो सप्तरी, राजविराजका अधिकांश वडा डुबानमा

राजविराज, साउन, २८ । शनिवार रातीदेखि भईरहेको वर्षाले सप्तरीको रुपनी गाउँपालिका ५ स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र पूर्ण रुपमा डुवानमा परेको छ भने राजविराजका केही वडा जलमग्न भएका छन । आइतबार बिहानसम्म परेको वर्षाले राजविराज नगरपालिकाको वडानम्बर ४, ५, ७, ८, ९, ११ र १६ लाई जलमग्न वनाउनुका साथै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई डुबानमा पारेको हो । औद्योगिक क्षेत्रका प्रमुख दिपक आचार्यका अनुसार वर्षाको पानी पसेर औद्योगिक क्षेत्रभित्र संचालनमा रहेको महालक्ष्मी र कोशी पोलिमर्स प्लाष्टिक उद्योगमा करिव १५ लाखको कच्चा पदार्थ नष्ट हुनुका साथै उपकरण र मेसिनहरु समेतमा क्षति पुगेको छ ।यस्तै, कृष्णा खाद्य उद्योगको गोदाम, मिलन डेरी उद्योग लगायतमा वर्षाको पानी पसेर लाखौको कच्चा सामग्री नष्ट भएको र पानीको तिव्र वेगका कारण गोदाम भवन नै ढल्ने अवस्थामा पुगेको औद्योगिक क्षेत्र ब्यवस्थापन समितिले जनाएको छ । आईतवार दिउँसोदेखि वर्षा रोकिएपनि सम्भावित वर्षालाई ध्यानमा राखी तत्काल उद्दार तथा राहतका लागि सुरक्षाकर्मी र विपद ब्यवस्थापन समिति उच्च सतर्कमा रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *