Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > डीपीआर नबनाई निजगढ विमानस्थल नबनाऊ : सांसद

डीपीआर नबनाई निजगढ विमानस्थल नबनाऊ : सांसद

काठमाडौ, ३ पुष । राष्ट्रियसभाका सांसदहरुले बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार नभई निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य अघि नबढाउन सरकारलाई सचेत गराएका छन ।

संघीय संसद राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोल्दै राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डेले सो विमानस्थल निर्माणको काम सूरु गर्नुअघि नै स्थानीय जनताको माग सम्बोधन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । स्थानीय जनताको उचित बसोबासको व्यवस्था गरेर मात्रै सो आयोजना अघि बढाउन उपयुक्त हुने सांसद पाण्डेको भनाइ छ ।

राष्ट्रियसभाकै अर्का सांसद खिमलाल भट्टराईले सो आयोजना निर्माण कार्यमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्थानीय जनताले पनि सो आयोजना निर्माण कार्यअघि बढाउन आग्रह गरिरहेको स्मरण गराउँदै तोकिएकै मितिमा समयमा सम्पन्न हुनेगरी सो विमानस्थल निर्माण कार्य अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

आगामी ४ वर्षभित्र सम्पन्न गरी सक्ने लक्ष्य लिइएको सो राष्ट्रिय गौरवको आयोजनाको लागत १ खर्ब २० अर्ब अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *