Saturday, January 18, 2025
Home > मुख्य समाचार > ठूला भारतीय नोटको प्रतिबन्धको असर झापाका बजारमा

ठूला भारतीय नोटको प्रतिबन्धको असर झापाका बजारमा

सरकारले दुईहजार, पाँच सय र दुई सय दरका भारतीय नोटको चलनचल्तीमा प्रतिबन्ध लगाएसँगै त्यसको असर झापाका बजारमा समेत देखिन थालेको छ । केही दिन अघिबाट त्यस्ता नोटमा प्रतिबन्ध लगाएपछि झापाका सिमावर्ती बजारहरुमा समेत त्यसको असर देखा पर्न थालेको हो । झापाको काँकडभिट्टा, भद्रपुर र झापा बजारलगायतका सिमावर्ती बजारमा ठूला दरका भारतीय नोटको अभाव हुँदा कारोबारमा असर परेको छ । सय रुपैयाँभन्दा माथिका भारतीय नोटको चलनचल्तीमा सरकारी प्रतिबन्धका कारण राजस्व असुलिमा प्रत्यक्ष असर नपुगे पनि कारोबारमा भने असर देखिएको छ । प्रतिबन्धका कारण काँकडभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने भारतीय लगायत देशका पर्यटकहरु नोट नसाटिएका कारण समस्या पर्ने गरेका छन् । त्यस्तै, नोटको चलनचल्तिमाथिको प्रतिबन्धका कारण काँकडभिट्टा र भद्रपुरका सटही काउण्टरहरुले समेत मागअनुसार नोट साट्न नसकेको जनाएका छन् । ठुला भारतीय नोट चल्न छाडेपछि सिमा पारि किनमेल र स्वास्थ्योपचारमा भारत जाने सर्वसाधारणलाई समस्या परेको छ । भारतमा नेपाली नोटको कारोबार नहुने र नेपालका बैङ्कले समेत २ हजार भारतिय रुपयाँसम्म मात्र उपलब्ध गराउने भएकाले आफूहरु मर्कामा परेको सर्वसाधरण बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *