Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > ट्रम्पद्वारा साउदी अरबसँगको सहकार्यको बचाउ

ट्रम्पद्वारा साउदी अरबसँगको सहकार्यको बचाउ


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबसँगको सहकार्यको बचाउ गर्नुभएको छ । पत्रकार जमाल खाशोग्जीको हत्याको विषयलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढीरहेका बेला ट्रम्पले साउदी अरेबियासँग अमेरिकी सहकार्यको बचाउ गर्दै सम्बन्धको पक्षमा कडा रुपमा उभिनु भएकोछ । खशोग्जी हत्या प्रकरणको ढाकछोपमा साउदी अरेबिया लागेको र त्यसमा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि साथ दिइरहेको आरोप लाग्दै आएका बेला ट्रम्पले वक्तव्य जारी गरेर साउदी अरेबिया अमेरिकाको ‘दृढ सहयात्री’ रहेको बताउनु भएको हो । राष्ट्रपति ट्रम्पले साउदी युवराज मोहम्मद बिल सलमानको बचाउ पनि गर्नुभएको छ ।

ट्रम्पले जारी गरेको वक्तव्यमा खशोग्जीको हत्यामा कुनै पनि हिसाबले साउदी युवराजको संलग्नता नदेखिएको उल्लेख छ । साउदी पत्रकार खाशोग्जीको गत अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो । हत्यामा संलग्नको अहिलेसम्म पहिचान भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *