Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > टर्कीले बुझायो खसोग्गी हत्या प्रकरणसँग जोडिएको श्रब्य सामग्री

टर्कीले बुझायो खसोग्गी हत्या प्रकरणसँग जोडिएको श्रब्य सामग्री


गएको महिना टर्र्कीमा रहेको साउदी अरबको महावाणिज्य दूताबासमा भएको पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रब्य सामग्री टर्कीले वासिङ्टन र रियादलाई बुझाएकोे छ । पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको श्रब्य सामग्रीलाई साउदी अरब, अमेरिका, जर्मनी, फ्रान्स र बेलायतलाई उपलब्ध गराएको राष्ट्रपति रेसेप तैयप एर्दोगानले जानकारी गराउनु भएको छ । राष्ट्रपति एर्दोगानले उनीहरूले महावाणिज्य दूताबासमा भएको विवाद सुनेको र थाहा पाएको तर सामग्रीबारे सहायक लिखित सामग्री भने नदिइएको बताउनु भएको छ । पत्रकार खसोग्गीलाई अन्तिम पटक गएको अक्टोबर २ मा टर्र्कीमा रहेको साउदी अरबको दूतावासमा विवाहका लागि आवश्यक दस्तावेज लिन प्रवेश गर्दा देखिएको थियो । उनको त्यही दिन हत्या गरिएको बताइएको छ । ५९ वर्र्षीय खसोग्गीको हत्या भएको कुरालाई लामो समयसम्म साउदी अरबले नस्वीकारेपनि बढ्दो अन्तर्राष्ट्रिय दवाबपछि महावाणिज्य दूतावासमा भएको विवादमा पत्रकार मारिएको जनाएको थियो । एर्दोगानले यो घटनामा साउदी अरबका सबैभन्दा उच्च तहको निर्देशन नै रहेको आरोप लगाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *