Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > झापाका यि पर्यटन केन्द्रको प्रवद्र्धनमा सरकार लाग्ने

झापाका यि पर्यटन केन्द्रको प्रवद्र्धनमा सरकार लाग्ने

झापा ३० कार्तिक । सरकारले ओझेलमा परेका एक सयवटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने भएको छ ।

जसअन्तरगत झापाको बाँसबारी सिमसार पूर्वाधार पर्यटन केन्द्र, शहीद नेत्रलाल पार्क बिर्तामोड, गौरादह कृषि पर्यटकीय क्षेत्र र अर्जुनधारा पर्यटकीय क्षेत्र चयन भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तव्यहरुको छनोटमा झापाबाट स्थापित र विकास गरिनुपर्ने क्षेत्रको रुपमा यी क्षेत्र परेका हुन । झापामा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको किचकबध, नेपालकै होचो स्थान केचनाकवल, शिवसतासी धाम, दोमुखालगायत भए पनि नयाँ पर्यटकीय स्थलको रुपमा बासबारी लगायत यी क्षेत्र परेको नेपाल पर्यटन बोर्डले जनाएको छ । यी गन्तव्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नेपाल भ्रमण वर्ष’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न नयाँ गन्तब्यको प्रवद्र्धन योजना बनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *