Saturday, January 18, 2025
Home > आर्थिक समाचार > जमिनसंग जोडिएका सरकारका नीतिहरु परिर्वतन गर्नुपर्ने अर्थमन्त्रीको भनाई

जमिनसंग जोडिएका सरकारका नीतिहरु परिर्वतन गर्नुपर्ने अर्थमन्त्रीको भनाई

काठमाडौ, ५ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले जमिनसंग जोडिएका सरकारका नीतिहरु परिर्वतन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल समाजशास्त्र संघले आज काठमाडौमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले जमिनसंग जोडिएका सरकारका कतिपय नीतिहरु अव्यवहारिक भएकाले परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याउनुभएको हो । सरकारका सम्पुर्ण आयोजनाहरु, कार्यक्रमहरु जमिन संगै जोडिएकाले जमिन नै नहुनेमा ती कार्यक्रम लागु गर्न नसकिने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । पछिल्लो समय ज्याला दर बढेकाले भुमि नभएका श्रममा आश्रित गरिबीको अवस्थामा सुधार आएपनि थोरै भुमि हुनेहरु अझै पनि गरिब रहेकाले साना किसानको बारे सरकारले तत्काल नसोच्ने हो भने गरिबीको अवस्थामा सुधार नआउने दाबी उहाँले गर्नुभयो । सरकारले भुमिसुधारको मोडालिटीमा परिर्वतन गर्नुपर्ने तर्क पनि उहाँले गर्नुभयो ।

प्रकृतिको देन जमिनलाई निजीकरण गरेकाले समस्या भएको उहाँको भनाई थियो । उहाँले उत्पादनको मुख्य साधन भूमिलाई पछिल्लो समय सट्टाबाजी, शेयर वा वित्तिय उपकरणको रुपमा प्रयोग गर्न थालिएकाले समस्या भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *