Saturday, January 18, 2025
Home > मुख्य समाचार > जनताको करमा दर

जनताको करमा दर

भद्रपुर नगरपालिका कार्यालयले तीजको दर खाने कार्यक्रम आयोजना गर्न लागेको भन्दै नेपाल महिला संघ भद्रपुर नगर समितिले आपत्ति जनाएको छ । नेपाल महिला संघ नगर समितिमा आवद्ध महिलाहरुले आज बिहान भद्रपुर नगरपालिका कार्यालयमा पुगेर जनताको करको दर कार्यक्रम स्थगनका लागि ज्ञापनपत्र मार्फत ध्यानकार्षण गराएका हुन । नगरपालिकाले भदौ २२ गते प्रतिनिधि मूलक रुपमा तिजको दर खाने कार्यक्रम गर्ने भनि निर्णय भई समिति समेत गठन गरिसकेको सन्दर्भमा त्यस्तो कार्यक्रम नगर क्षेत्रमा रहेका ५२ दशमलव ८ प्रतिशत महिलाको परिप्रेक्षमा लज्जास्पद र हास्यापद देखिएको ज्ञापनपत्रमा उल्लेख छ । नगरपालिकाले आयोजना गर्न लागेको तीजमा दर खाने कार्यक्रमको महिला संघले बहिस्कार गर्ने निर्णय समेत गरेको छ । नगरपालिकाले उभौली, लोसार, बकर इद, कुशेऔशी, दशैं, तिहार र छठ पर्वको कार्यक्रम आयोजना नगरी तीज पर्व मात्र मनाउनुको कुनै औचित्य नरहेको ज्ञापनपत्रमा उल्लेख छ । यता ज्ञापनपत्र बुझ्दै उपप्रमुख श्रेष्ठले नगरपालिकाले विगतमा तीज कार्यक्रमका लागि विभिन्न महिला संघसंगठनलाई आर्थिक सहयोग गर्दै आएकोमा कसैले पाउने र कसैले नपाउने भएकाले नगरबासीको आग्रह बमोजिम नै कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *