Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > जनचेतनामूलक कार्यक्रम गरी अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस मनाईयो

जनचेतनामूलक कार्यक्रम गरी अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस मनाईयो

काठमाडौ, २१ मंसिर । अन्तराष्ट्रिय नागरिक उडड्यन दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएको छ ।

यसै अवसर पारेर शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रभातफेरीसहितको एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले उडान सेवाहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरी प्रतिवद्ध भएर काम गर्न सम्बन्धित निकायलाई सचेत गराउनुभयो । उहाँले उडानको क्षेत्रमा उल्लेख्य प्रगति गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका कार्यरत कर्मचारीको क्षमता विकास गर्नुपर्ने आवस्यकता पनि औंल्याउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक संजीव गौतमले मुलुकको आर्थिक तथा सामाजिक प्रगतिमा महत्वपूर्ण योगदान दिने उडान क्षेत्रबारे जनचेतना जगाउन सो दिवस बनाइएको स्पष्ट पार्नुभयो । उहाँले एक वर्ष भित्र युरोपियन युनियनले नेपालको उडान भर्न लगाएको प्रतिबन्ध हटाउने गरी काम भईरहेको पनि जानकारी दिनुभयो । प्राधिकरणले उडड्यन क्षेत्रलाई उन्नत बनाउन सक्दो पहल गरिरहेको दावी समेत गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *