Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > जनकपुरमा मटकोर विधि सम्पन्न

जनकपुरमा मटकोर विधि सम्पन्न

जनकपुर, २५ मंसिर । त्रेता युगमा भएको भगवान राम र माता सीताको विवाहको सम्झानामा जनकपुरमा मनाइने विवाह पंचमी महोत्सव अन्र्तगत आज जनकपुरमा मटकोर विधि सम्पन्न भएको छ ।

स्थानीय जानकी मन्दिरबाट बाजागाजासहित निस्किएको शोभा यात्रा स्थानीय गंगासागर पुगेको थियो । श्रद्धालुहरु नाचगान गर्दै स्थानीय गंगा सागर पुगेका थिए । सीताको मानव आकृति बनाएर रथमा राखेर गंगा सागर पुयाईएको थियो । जाहा विधि पुर्वक माटो खनेर ल्याइएको थियो । सो अवसरमा मैथिल महिलाहरुले हासपरिसास गीत गाएका थिए । गंगा सागरबाट संकलन गरिएको माटोबाट वेदीको निर्माण गरेर विधि अनुसार विवाह गरिने गरिएको छ। विवाह पंचमीको पहिलो दिनमा मटकोर विधि हुने गर्दछ । मिथिलाचंलमा मटकोर विधिको आफनै महत्व रहेको छ। मटकोर कार्यक्रममा नेपाली सेनाले समेत आफनो सहभागिता जनाउदै बाजागाजा सहित सहभागिता जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *