Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > जगदीशपुर ताल संरक्षण गर्नुपर्नेमा जोड

जगदीशपुर ताल संरक्षण गर्नुपर्नेमा जोड

कपिलबस्तु, २८ मंसिर । रामसार क्षेत्रमा सुचिकृत कपिलबस्तुको जगदिशपुर तालको बिकास र संर्बद्धनमा सम्बन्धीत निकायको भुमिका महत्वपुर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।

जगदिशपुर जलाशय ब्यबस्थापन बहुसरोकार मञ्चको आयोजनामा रामसार क्षेत्रमा सुचिकृत तालमा डुंगा संचालन तथा पंक्षी संरक्षणका लागी आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागी सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन । जैबिक बिबिधताले महत्बपुर्ण ताललाई जोगाउनुपर्नेमा उनीहरुले जोड दिए । वाणगंगा भिडिजन सिंचाई कार्यालय कपिलवस्तुका प्रमुख रामकृष्ण घोरासैनीले तालको संरक्षणमा सरकारी निकायसँगै स्थानीयवासी पनि लाग्नुपर्ने बताउनुभयो ।
विश्वमै दुर्लभ मानिएका बिभिन्न प्रजातीका १० हजार बढी चराचुरुङ्गीहरु जगदिशपुर तालमा पाइने गरेको छ । १५७ हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई अतिक्रमणबाट जोगाउन सबै लाग्न आवश्यक रहेको जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *