Saturday, January 18, 2025
Home > मुख्य समाचार > छठको दोस्रो दिन आज खरना

छठको दोस्रो दिन आज खरना

छठ पर्वको दोस्रो दिन आज खरना मनाइदैछ । चार दिन सम्म मनाउने छठ पर्वमा आज दोस्रो दिन खरना मनाईन्छ । गाईको गोबरले लिपेर चामलको पिठोबाट तयार पारिएको पीठोबाट आँगन सजाएर बिभिन्न फलफूल चढाएर पुजा आजा गरी खरना मनाइन्छ । बिशेष गरि आजको दिन खिर पुरी चढाउने परम्परा छ । आज ब्रतालुले दिनभरी निराहार ब्रत बस्ने गर्छन् र राति चन्द्रमालाई खीर चढाई प्रसाद ग्रहण गर्छन् । छठको मुख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चोथौं तथा अन्तिम दिन अर्थात पर्सि उदाउँदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *