Saturday, January 18, 2025
Home > आर्थिक समाचार > चितवनमा तोरी खेती तर्फको आकर्षण बढ्दो

चितवनमा तोरी खेती तर्फको आकर्षण बढ्दो

चितवन, ७ पुष । तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ ।

मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने किसानले आलुखेती गर्ने गरेका थिए । तर पछिल्ला तीन वर्षमा तोरी लगाउने क्रम बढेर गएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ । केन्द्रका प्रमुख सुधिर श्रेष्ठका अनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष एक सय हेक्टर क्षेत्रफल बढेको छ । किसानको तोरीखेतीतर्फ आकर्षण बढेसँगै क्षेत्रफलमा पनि वृद्धि भएको उहाँले बताउनुभयो । गतवर्ष जिल्लामा १२ हजार चार सय हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो । यो वर्ष १२ हजार ५०० हेक्टरमा तोरी लगाइएको छ । श्रेष्ठका अनुसार यो वर्ष तोरीको उत्पादन गत वर्षको तुलनामा २५० मेट्रिक टन बढी हुने अनुमान गरिएको छ । गतवर्ष १३ हजार ५१६ मेिट्रकटन तोरी उत्पादन भएको यस जिल्लामा यो वर्ष १३ हजार ७५० मेट्रिकटन उत्पादन हुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *