Saturday, January 18, 2025
Home > मुख्य समाचार > चाडपर्व नजिकिएसँगै पूर्वमा भन्सार छलेर अवैध ओसारपसार

चाडपर्व नजिकिएसँगै पूर्वमा भन्सार छलेर अवैध ओसारपसार

चाडपर्व नजिकिएसँगै पूर्वमा भन्सार छलेर अवैध सामान ओसारपसार गर्ने क्रम बढेको छ । विशेष गरी दशैंलाई लक्षित गरी भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको कपडा भण्डार गरी बिक्री हुने गरेको पाइएको छ । राजश्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरी बल तथा राजस्व अनुसन्धान गुल्म इटहरीले बिर्तामोडको एक गोदाममा छापा मारेर करिब ३५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल, राजस्व अनुसन्धान गुल्म इटहरीका प्रहरी नायब उपरीक्षक रामकुमार सिंहको नेतृत्वमा आएको टोलीले झापाको बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकमा रहेको गोदाममा छापा मारेको थियो । छापा मार्दा २६ पोका कपडा बरामद गरेको छ । बरामद गरिएको लत्ताकपडाको आवश्यक कागजात नभेटिएपछि राजस्व अनुसन्धान गुल्मले कारबाहीका लागि पूर्व क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ । उक्त सामान इलामको पशुपतिनगरबाट भित्र्याइएको खुलेको छ । गोदाम रहेको घरधनी राजिव जैनलाई नियन्त्रणमा लिएपछि उक्त कुरा खुलेको प्रहरीले बताएको छ । घरधनी जैनले गोदाम भद्रपुरका चन्दन कामतीलाई भाडामा दिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *