Saturday, January 18, 2025
Home > मुख्य समाचार > चर्चित सुन काण्डका आरोपी धमाधम छुट्दै

चर्चित सुन काण्डका आरोपी धमाधम छुट्दै

विराटनगर, २७ मंसिर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुछिएका व्यवसायी विमल पोद्दार र आर के भन्ने राजेन्द्रकुमार शाक्यलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ ।

जिल्ला अदालतको आदेश पछि पूर्पक्षका लागि थुनामा रहेका पोद्दार र शाक्यलाई आज उच्च अदालत विराटनगरले १०–१० लाख धरौटीमा छाड्ने आदेश दिएको हो । न्यायाधीश नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीको इजलासले १०– १० लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले जानकारी दिनुभयो । भारतीय नागरिक पोद्दारले सुन तस्करी प्रकरणका लागि हुण्डी मार्फत सहयोग गरेको खुलेपछि पक्राउ गरी मुद्दा दायर गरिएको थियो । गत असार ६ गते पक्राउ परेका पौद्दारसहित सञ्जय खेतान भनिने प्रभात अग्रवाल, आरडी राजु भनिने राजकुमार दारुका, डब्बु भनिने इस्तियाज उद्दिन, अबु सलमान खान भनिने सैयाद अकवर साहलाई पूरक अभियोगमा जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गत भदौ १३ गते कारागार चलानको आदेश दिएको थियो । जिल्लाको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका पोद्दारले गत असोज १६ गते जिल्लाको आदेश बदरको मागसहित उच्च अदालतमा पुनरावेदन गरेका थिए । गत फागुन १८ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको सुन तस्करी प्रकरणमा दुई वटा पूरकसहित ७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *