Saturday, January 18, 2025
Home > मुख्य समाचार > घुस लिएको आरोपमा विराटनगर महानगरपालिकाका दुई जना कर्मचारी पक्राउ

घुस लिएको आरोपमा विराटनगर महानगरपालिकाका दुई जना कर्मचारी पक्राउ

सेवाग्राहीसंग घुस लिएको अभियोगमा विराटनगर महानगरपालिकाका दुई कर्मचारी रंगेहात पक्राउ परेका छन् । महानगरपालिकाको वित्तीय व्यवस्थापन महाशाखामा कार्यरत खरिदार तिलकमणि पोखरेल र नक्सा फाँटमा कार्यरत कार्यालय सहयोगि बुधलाल सरदार घुस लिएको आरोपमा पक्राउ परेका हुन । विराटनगर महानगरपालिका ७ निवासी मिना शाक्यसंग सम्पति कर र घरबहाल कर बुझाउने क्रममा पोखरेलले रसिद काटिएको भन्दा बढी रकम लिएका थिए । ७३ हजार ५ सय ५५ को रसिद काटिएको भएपनि कार्यालय सहयोगिको माध्यमबाट पोखरेलले ८५ हजार रकम लिएको शाक्यले बताउनुभयो । सम्पति कर बुझाउन महानगरपालिका पुग्नु भएकी शाक्यलाई पोखरेलले चार दिन अघिबाट विभिन्न बहाना बनाएर अल्मलाउदै आएको र आज ८५ हजार दिए कर फछ्यौट गरिदिने सहमति भएको शाक्यको भनाई छ । पोखरेलले घुस लिनेभएपछि शाक्यले विराटनगरको वडा कार्यालय ७ मा गएर गुनासो गर्नुभएको थियो । सो वडाका वडाध्यक्ष मधुवाबु तिवारी र महिला सदस्य चित्रकला आचार्यले सो बिषयमा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीलाई समेत जानकारी गराउनुभएको थियो । कार्यालय सहयोगि सरदारको माध्यमबाट रकम लिने बित्तिकै महानगर प्रमुख पराजुली, वडाध्यक्ष तिवारी र वडासदस्य आचार्य समेत गएर खरिदार पोखरेलको क्यास काउन्टर चेक गर्नुभएको थियो । यसअघि नै नोट गरिएको नम्बरको रकम काउन्टरबाट बरामद भएपछि पोखरेल र सरदारलाई नियन्त्रणमा लिइएको थियो । यता आरोपित पोखरेलले भने आफुलाई फंसाइएको दाबी गर्नुभएको छ । घटनाको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले छानबिन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *