Saturday, January 18, 2025
Home > मुख्य समाचार > ग्यास लिक हुँदा विराटनगरमा एक महिला शख्त घाइते

ग्यास लिक हुँदा विराटनगरमा एक महिला शख्त घाइते

विराटनगर–५ कारखाना टोलमा बिहीबार सांझ सिलीण्डरबाट ग्यास लिक भई आगलागि हुँदा एक महिला शख्त घाइते भएकि छिन । आगलागिमा परि सो ठांउकी ३० बर्षिय मुन्नी खातुन गम्भीर घाइते भएकी हुन । घटनामा उनको अनुहार र दुवै हातसहित शरिका विभिन्न भाग जलेको छ । आगलागिका कारण उनका घरभित्र भएका सम्पुर्ण सरसामान र नगद समेत जलेर नष्ट भएको छ । घरभित्र बाक्सामा राखिएको २५ हजार नगदसहित गरिखाने दुइ थान सिलाई मेशिन, लुगाफाटा र अन्य सम्पुर्ण सामान जलेर नष्ट भएको खातुनले जानकारी दिइन । ग्यांस बिक्रेता महासंघ प्रदेश एकका अध्यक्ष सरलराज पोखरेलले सिलिण्डर लिक भएरै आगलागि भएको भन्ने यकिन भन्न नसकिने बताउनुहुंदै रेगुलेटर, पाइप अथवा चुल्हो कुनै न कुनै ठांउबाट आगालागि भएको हुनसक्ने बताउनुभयो । जुनसुकै कारणले आगलागि भएको भएपनि पीडित पक्षलाई क्षतिपुर्तिका लागि पहलगर्ने उहांले प्रतिबद्धता ब्यक्त गर्नुभयो । आगलागीका विषयमा प्रतिक्रिया दिनुहुंदै कोशी ग्यांस उद्योगका प्रबन्धक सचित उपाध्यायले घटनाको बिषयमा छानबीन भइरहेको बताउनुभयो । उहांले सिलिण्डर मात्र नभै अन्य ठांउमा लिक भएर आगलागि भएको हुनसक्ने दाबी गर्नुभयो । उहांले छानबीन पछि निश्कर्षमा पुग्न सकिने बताउनुहुंदै पीडित पक्षलाई तत्काल उपचारका लागि २५ हजार नगद उपलब्ध गराइएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *