Saturday, January 18, 2025
Home > मुख्य समाचार > गुफा बजारमा सूचना केन्द्र स्थापना

गुफा बजारमा सूचना केन्द्र स्थापना

१२, पुष । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गको संगमस्थल पर्यटकीय क्षेत्र गुफा बजारमा सूचना केन्द्र स्थापना भएको छ । गुराँसको राजधानीको रुपमा परिचित पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तब्य तीनजुरे, मिल्के, जलजले (टिएमजे)क्षेत्रका सबै सूचना अब एकै ठाउँमा पाइने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई सुचना प्राप्त गर्न सहज हुने गरि संखुवासभाको चैनपुर १ स्थित टिएमजे क्षेत्रको मुख्य गन्तव्य गुफा बजारमा पहिलो पर्यटन सूचना केन्द्र स्थापना भएको हो । सुचना केन्द्रमा टिएमजेको पर्यटकिय स्थल, विभिन्न जातजातिको भाषा, सस्कृति, भेषभुषा, कहाँ कसरी पुग्ने लगायतका सम्पूर्ण गतिविधि जान्न सकिने स्थानीय हिमा खनालले बताउनुभयो । एउटै वनमा २८ प्रजातिका गुराँस पाईने टिएमजे क्षेत्रमा सुचना केन्द्र स्थापनाले पर्यटन उद्योग तथा व्यवसायको प्रवद्र्धन साथै सो क्षेत्रका अत्यावश्यक सूचना प्राप्त गर्न सहज हुने भएको छ । समुन्द्र सतहदेखि २८ सय ९० मिटरको उचाइमा रहेको यो बजारबाट मौसम खुलेको बेला मकालु, कञ्चनजंगा, ल्होसे र सगरमाथा हिमालसमेत अवलोकन गर्न सकिन्छ । पर्यटन सुचना केन्द्र स्थापना भएपछि पर्यटकलाई सहज भएको सुचना केन्द्रका सचिव सन्तोष लिम्वुले बताउनुभयो ।

पर्यटन सुचना केन्द्रबाट टिएमजे क्षेत्रका सबै सूचना पाउन सकिन्छ । यो क्षेत्र हुँदै कन्चनजंगा, मकालु हिमाल भ्रमण गर्ने र तमोर नदी र्याफिट्ङ गर्न जाने र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सजिलै सुचना प्राप्त गरिरहेका छन् । पर्यटन सुचना केन्द्रले आफुहरुलाई यस क्षेत्रका बारेमा जानकारी लिन र घुम्न सजिलो भएको विराटनगरबाट जानु भएका अर्जुन पुरीले बताउनुभयो । सूचना केन्द्र स्थापनाले पर्यटकलाई घुम्नलाई सहज भएको छ । केन्द्र स्थापना गरेर मात्रै हुँदै । त्यसको व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनु आवश्यक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *