भारतको मणीपुरमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय थाङ्ग ता च्याम्पियनसिपमा स्वर्ण तथा रजक पदक विजेता विद्यार्थीलाई जनता माध्यमिक विद्यालय इटहरीले सम्मान गरेको छ । गत नोभेम्बर २२ देखि २४ तारिखसम्म मणीपुरमा आयोजित प्रतियोगितामा स्वर्ण पदक विजेता कक्षा १० का मुकेश मल्लीक र दुई रजत पदक विजेता अविनाश चौधरीलाई सम्मान गरिएको हो । त्यसैगरी इटहरीमा आयोजित म्याराथुनकी विजेता भिमा लिम्वुलाई समेत सम्मान गरिएको थियो । खेलकुद प्रतियोगिताका माध्यमबाट विद्यालयको नाम उच्च राख्न योगदान गरेको भन्दै विद्यार्थीहरुलाई विद्यालयले नगदसहित सम्मान गरेको हो । स्वर्ण पदक हासिल गर्ने मल्लिकलाई ३१ सय नगद प्रशंसापत्र, रजत पदक ल्याउने चौधरी र म्याराथुनमा विजेता लिम्वुलाई नगद २१ सय र प्रसंसापत्रले इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ दंगाल, प्रधानाध्यक छत्रपति ढुंगेलले सम्मान गर्नुभयो । त्यसैगरी विजेता तीनै जना विद्यार्थीहरुलाई इटहरी उपमहानगरपालिकाले जनही पाँच हजार, वडा नम्वर ९ ले जनही एघार सय र विद्यालयकी शिक्षिका होमा भण्डारीले नगद एक हजारले पुरस्कृतसमेत गरेको विद्यालयका शिक्षक ज्योति कोइरालाले जानकारी दिनुभयो ।