Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > क्यालिफोर्नियाको डढेलोमा ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

क्यालिफोर्नियाको डढेलोमा ज्यान गुमाउनेको संख्या ४४ पुग्यो


अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा फैलिएको डढेलो अलिहेसम्मकै घातक बनेको छ । डढेलोमा परी ज्यान गुमाएका थप १३ जनाको शवको अवशेष उत्तरी क्यालीफोर्नियामा फेला परेपछि यो डढेलो राज्यको इतिहासकै सबैभन्दा घातक बनेको हो । यो समेत डढेलोमा परि ज्यान गुमाउनेको संख्या ४४ पुगेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । यसअघि सन् १९३३ मा लस एन्जलसको एउटा पार्कमा आगलागी हुँदा ३३ जना मारिएका थिए । यसपटक क्यालिफोर्नियाका तीन ठाउँबाट डढेलो फैलिएको छ । अहिलेसम्म २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । तीव्र गतिमा चलेको हावाका कारण आगो नियन्त्रणमा कठिनाई भइरहेको प्रशासनले जनाएको छ । क्षति बढ्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियालाई मुख्य प्रकोपग्रस्त क्षेत्र घोषणा गरेका छन् । यसले आपत्कालिन सहयोग जुटाउन थप मद्दत मिल्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *