विराटनगर, २ पुस । विद्यार्थी संगठनहरुले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुखलाई ४ घण्टा कार्यकक्षमा थुनेका छन् ।
क्याम्पस प्रमुख बाबुराम तिम्सिनाको कार्यकक्षमा तालाबन्दी गर्ने क्रममा विद्यार्थीहरुले तोडफोडसमेत गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्वीयु र नयां शक्ति निकट विद्यार्थी संगठनको महेन्द्र मोरङ क्याम्पस इकाइ कमिटि आबद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई कार्यकक्षमा थुनेर तालाबन्दी गरेका हुन । आज दिउँसो साढे ३ बजे क्याम्पस प्रमुखविरुद्ध नाराबाजी गर्दै गएका उनिहरुले तोडफोड गर्नुकासाथै तालाबन्दी गरेका हुन । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कोठा अघिल्लतिर रहेको सभाकक्षको कुर्सी टेबुल र नेमप्लेट तोडफोड गर्नुकासाथै कोठाका पर्दाहरु च्यातेर फालिदिएका छन् । केही महिनायता क्याम्पसका लागि १ करोड बढीको कार्यालय तथा शैक्षिक सामाग्रि खरीद गरिएको र त्यसमा ब्यापक अनिमियता गरिएको विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् ।