Saturday, January 18, 2025
Home > मुख्य समाचार > कोशी अञ्चल अस्पताललाई विराटनगर महानगरपालिकाले दियो ३ लाख ५० हजार बराबरको ए.सी.

कोशी अञ्चल अस्पताललाई विराटनगर महानगरपालिकाले दियो ३ लाख ५० हजार बराबरको ए.सी.

विराटनगर, १८ मंसिर । विराटनगर महानगरपालिकाले कोशी अञ्चल अस्पताललाई ३ लाख ५० हजार मूल्य बराबरको ए.सी. सहयोग गरेको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले आज कोशी अञ्चल अस्पतालका मेसु डाक्टर रोशन पोखरेललाई अस्पताललाई चाहिने ५ वटा ए.सी हस्तान्तरण गर्नुभएको हो । मेसु पोखरेलले बच्चा वार्ड र लेबर रुममा ए.सी नभएकाले सुत्केरी गराउन आएका महिलाहरुलाई असजिलो हुने बताए पछि महानगरपालिको ए.सीको व्यवस्था गरेको प्रमुख पराजुलीले बताउनु भयो । यसैगरी अझै थप २ वटा ए.सी. महानगरपालिकाले उपलब्ध गराउने उहाँले जानकारी दिनुयभो । महानगरपालिको कोशी अञ्चल अस्पतालको ढल व्यवस्थापनका लागि १० लाख रुपैया छुट्टयाइसकेको पनि उहाँले जानकारी दिनुभयो । सोही क्रममा प्रमुख पराजुली र अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले प्रसुती तथा बच्चा वार्डको अनुगमन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *