Saturday, January 18, 2025
Home > मुख्य समाचार > कोटा निर्धारणमा चलखेल गरेको भन्दै विद्यार्थीहरुद्वारा बिरोध

कोटा निर्धारणमा चलखेल गरेको भन्दै विद्यार्थीहरुद्वारा बिरोध

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानले चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै विद्यार्थीहरुले बिरोध प्रर्दशन गरेका छन । महाराजगञ्जस्थित चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा आज बिहान भेला भएका उनीहरुले चिकित्साशास्त्र अध्ययनका लागि कोटा निर्धारण निष्पक्ष ढंगले गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । आर्थिक चलखेल गरेर चिकित्साशास्त्र अध्ययनका लागि कोटा निर्धारण हुन थालेपछि त्यसको विरोधमा डिन कार्यालय अगाडि नै प्रर्दशन गर्नु परेको विद्यार्थी कामना केसीले जानकारी दिनुभयो । उहाँले मेरिटको आधारमा कोटा निर्धारण नगरेर आफूहरुमाथि डिन कार्यालयले अन्याय गरेको आरोपसमेत लगाउनुभयो । विद्यार्थीहरुले चिकित्साशास्त्र अध्ययन संस्थानको प्रशासनलाई कोटा निर्धारणमा धाँधली नगर्न पनि सचेत गराएका थिए । तर डीन कार्यालयले आफूहरुको मागलाई बेवास्ता गरेको विद्यार्थीहरुको गुनासो छ । मेरिटको आधारमा चिकित्साशास्त्र अध्ययनका लागि कोटा निर्धारण नगरेकोमा विद्यार्थीहरुको आपत्ति छ । उनीहरुले ५२ प्रतिशत नम्बर ल्याउने विद्यार्थीलाई कसरी चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारण गरिएको भनि डीन कार्यालयलाई प्रश्न पनि गरेका छन । मेरिट विपरीत कोटा निर्धारण गरिएकोमा आफूहरुको आपत्ति रहेको विद्यार्थी कुशकुमार चौंधरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *