Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीको असन्तुष्टि

कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीको असन्तुष्टि

काठमाडौ, १८ मंसिर । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

राज्यमन्त्री चौंधरीले खाद्य स्वच्छता अभियान समेत संचालन गर्न नसकेको उल्लेख गर्दै सो विभागको कामकार्वाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको हो । आज काठमाडौंमा आयोजित विभागको प्रथम चौंमासिक प्रगति समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव स्वास्थ्यमा हानी पुर्याउने खाद्य बस्तु विक्रीवितरण गर्नेमाथि किन कार्वाही नगरेको भनि विभागका पदाधिकारीलाई प्रश्न पनि गर्नु भयो । विभागले जनताको दैनिक उपभोग्य दुध, पानीलगायतका बस्तु स्वच्छ बनाउने आफ्नो अधिकारलाई समेत प्रयोग गर्न नसकेकोमा राज्यमन्त्री चौंधरीको आक्रोश छ । राज्यमन्त्री चौधरीले विभागले मन्त्रालयको दवावमा मात्रै काम गर्ने गरेको भन्दै आपत्ति पनि जनाउनु भयो । कार्यक्रममा बोल्दै विभागका महानिर्देशक संजीवकुमार कर्णले भने राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला स्थापना गरेर ठूलो प्रगति हासिल गरेको दावी गर्नु भएको थियो । विभागले चालू आर्थिक वर्षको बाँकि ८ महिनामा लक्ष्य अनुसार काम गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *