Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > कार्तिक नाच सुरु

कार्तिक नाच सुरु

यो वर्षको कार्तिक नाच सोमबार साँझ देखि ललितपुरको कार्तिक डबलीमा सुरु भएको छ । ३ सय ७८ वर्ष पूरानो साँस्कृतिक महत्व बोकेको कात्तिक नाच मंगलबजारस्थित कार्तिक डवलीमा सोमबारबाट सुरु भएको हो । यो नाच १२ दिनसम्म नियमित रुपमा देखाइनेछ । पहिलोपटक पाँच दिन देखाइने गरि सुरु भएको इतिहासमा उल्लेख छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिदै आइएको छ । यो नाचमा पछि उनका छोरा श्रीनिवास मल्लले बाथः प्याँख(लोक नाटक) १० दिन थपेर १५ दिनको पु¥याएको मानिन्छ । यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषा हरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको इतिहास छ । २७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहो¥याई देखाइन्छ । बिशेष गरि विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मन्चन गरे जसरि भिन्न भिन्न पात्रको प्रस्तुति नै कार्तिक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *