Saturday, January 18, 2025
Home > मुख्य समाचार > काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने

काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने

काठमाडौं, १५ पुष । काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने भएको छ ।

बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयको स्मृतिमा स्थापना गरिएको महामना मालवीय मिशनले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपालमा पनि हिन्दु विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराएको हो । त्यसका लागि जग्गा खरिद प्रक्रिया पूरा गरिएको पनि जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सो विश्वविद्यालय स्थापनाका लागि आफूले पूरै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले नेपालको शिक्षाको क्षेत्रमा मात्र नभई नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन पनि सो विश्वविद्यालयको स्थापनाले सघाउ पुर्याउने विश्वास पनि व्यक्त गर्नु भयो । अध्यक्ष दाहालले नेपाल हिन्दु विश्वविद्यालयको स्थापनाले नेपालको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याउने पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष दाहालले बनारस हिन्दु विश्वविद्यालयलाई नेपालको शैक्षिक, राजनीतिक क्षेत्रमा ठूलो जागरण ल्याउने सम्मानित विश्वविद्यालयको रुपमा पनि चित्रण गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *