Saturday, January 18, 2025
Home > मुख्य समाचार > कानुनी जटिलताका कारण एनसेलबाट कर असुलीमा समस्या

कानुनी जटिलताका कारण एनसेलबाट कर असुलीमा समस्या

काठमाडौ, २१ मंसिर । राजश्व सचिव शिशिर ढुंङ्गानाले कानुनी जटिलताका कारण एनसेल कर असुलीमा समस्या भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा राजश्व सचिव ढुंङ्गानाले सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण कर असुलीमा समस्या परेको बताउनुभएको हो । कर असुलीका लागि बैक खाता रोक्का गर्नुको साथै ठूला कर दाताको कार्यालयले पनि पहल गरिरहेका बेला सर्वोच्च अदालतले एनसेलको लाभांस निर्वाध रुपमा फिर्ता लैजान दिनु भन्दै रकम नरोक्न अन्तरिम आदेश जारी गरेपछि समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । टेलिया सोनेराको लाभांस कर छलि र सिनर्जी प्रालिको आयकर छलिको सम्बन्धमा परेको मुद्धालाई सर्वोच्चले एकसाथ हेरिरहेको भन्दै उहाँले त्यसको अन्तिम फैसला नआउन्जेल केही गर्न नसकिने बताउनुभयो ।

यस्तै ठूला कर दाता कार्यालयका प्रमुख धनीराम शर्माले एनसेल बाट कर असुल गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म केही गर्न नसकिने बताउनुभयो । समिति सभापति भरतबहादुर शाहले ठूला कम्पनीले कर छलि गरिरहदा कारवाही प्रक्रिया अघि नबढाउने हो भने त्यसले साना करदाता र समग्र कर असुलीलाई प्रभाव पार्ने भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभयो । सिनर्जी प्रा लिले एनसेलको २० प्रतिशत शेयर बिक्री गर्दा २ अर्ब २९ करोड ४८ लाख ७० हजार कर छलि गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गर्न गरेको आदेशलाई सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *