Saturday, January 18, 2025
Home > मुख्य समाचार > कानुनहरु कार्यान्वयनकै क्रममा संशोधन हुँदै जान्छ ः कानुनमन्त्री

कानुनहरु कार्यान्वयनकै क्रममा संशोधन हुँदै जान्छ ः कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले फौजदारी संहितालाई संघीय संसदको आगामी हिउँदे अधिवेशनमा समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । गत भदौं १ गतेबाट कार्यान्वयनमा आएको फौजदारी संहिताप्रति आलोचना भईरहँदा मन्त्री ढकालले त्यसलाई संशोधनको माध्यामबाट समृद्ध बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले सो संहिताप्रति व्यक्ति र समाजका विभिन्न संघ, संस्थाले राखेको सरोकारलाई सम्बोधन हुने गरी सरकारले आवश्यक कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको पनि जानकारी दिनुभयो । आज नेपाल कानुन समाजले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कानुनहरु कार्यान्वयनकै क्रममा संशोधन हुँदै जाने पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै सर्वोच्च अदालतकी न्यायाधिश सपना मल्ल प्रधानले अपराधिक गतिविधिमा संलग्नहरुको पनि मौलिक हक मर्न नदिन राज्य सचेत हुनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उहाँले जेल सजाय भुक्तान गरिरहेका अपराधिको घरपरिवारलाई पनि क्षतिपूर्तिको व्यवस्था गर्ने कामलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा पनि जोड दिनुभयो । महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनको काममा केन्द्रित हुन सम्बन्धित सबै निकायलाई आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *