Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > काठमाडौं–निजगढ द्र्रूतमार्ग निर्माण हुन नदिने षडयन्त्र

काठमाडौं–निजगढ द्र्रूतमार्ग निर्माण हुन नदिने षडयन्त्र

काठमाडौ, २७ मंसिर । प्रतिनिधिसभाका सांसदहरुले काठमाडौं–निजगढ द्र्रूतमार्ग निर्माण हुन नदिन गम्भिर षडयन्त्र भईरहेको दावी गरेका छन ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै सांसदहरुले सो दू््रतमार्गको जग्गाको मुआब्जासम्बन्धि समस्या जब्बरजस्त खडा गरि दिएर निर्माण हुन नदिन षडयन्त्र भईरहेको बताएका हुन । बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले विज्ञहरुसँग सुझाव लिएर सो द्रुतमार्गको प्रस्थान विन्दु खोकना र बुङमतीको जग्गाको मुआब्जामा देखिएको असन्तुष्टि तत्काल सम्बोधन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । १ अर्ब ७० करोड जग्गाको मुआब्जा वितरण भएपछि सो सम्बन्धि समस्या आउनुको कारणको खोजी गर्न पनि सरकारलाई काँग्रेस सांसद सिंहको आग्रह छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले पनि खोकना र बुङमतीको जग्गाको मुआब्जा सम्बन्धि विवाद समाधान गर्न प्रधानमन्त्री केपी ओलीको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सो दू्रतमार्ग निर्माणको लागत बढन जाने देखिएको भन्दै त्यसमा सचेत रहन सरकारलाई आग्रह गर्नु भयो । उहाँले देशको सन्तुलित विकास गर्न ध्यान दिन पनि सरकारसँग आग्रह गर्नु भयो । सांसद सुवालले सो दु्रतमार्ग निर्माणमा खर्चको लागत बढन जाने र त्यसले राम्रो परिणाम नदिने दावी पनि गर्नु भयो । नेपाली सेनाले निर्माण कार्य अघि बढाएको सो राष्ट्रिय गौरवको आयोजनाको अनुमानित लागत १ खर्व १६ अर्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *