विराटनगर, ४ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको वताउनु भएको छ ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज विहान गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिक स्थायित्व र मुलुकको सम्वृद्धिका लागि कांग्रेस प्रतिपक्षमा भएर पनि जिम्मेवार भूमिका निर्वाह गरिरहेको वताउनुभयो । सभापति देउवाले तोकिएको समयमा महासमितिको वैठक हुने भन्दै महासमितिको वैठकपछि कांग्रेस भित्र देखिएको सानातिन विवाद हटेर जाने दावी गर्नुभयो । उहाँले पार्टीलाई संगठित वनाउन आन्तरिक प्रशिक्षण आवश्यक रहेको वताउनुभयो । उहाँले कांग्रेस प्रजातान्त्रिक विचार वोकेको पार्टी भएकाले पार्टीभित्रका आन्तरिक विवादलाई पार्टीमा गुट–उपगुट भयो भन्न नमिल्ने वताउनुभयो । देउवाले कोइराला परिवारका तिनवटै नेता विचको एकताले पार्टीलाई संगठित वनाउन थप मद्दत पुग्ने वताउनुभयो । कोइराला परिवारसंग आफनो कहिलेपनि कुनै किसिमको विवाद र झगडा नभएको भन्दै सभापति देउवाले तिन कोइरालाको एकताले गाँउ, नगर, क्षेत्र तथा जिल्लामा समेत पार्टी एकतामा सहयोग पुग्ने दावी गुर्नुभयो ।