Saturday, January 18, 2025
Home > मुख्य समाचार > काँकडभिट्टामा आगलागी हुँदा डेढ करोडको क्षति

काँकडभिट्टामा आगलागी हुँदा डेढ करोडको क्षति

झापा, १३ पुष । तीनवटा बारुणयन्त्रको सहायताले करिब एक घण्टापछि झापाको काकँडभिट्टामा लागेको आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट १६ वटा टहरा र ६ वटा टिन घरमा क्षति पुगेको भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट २२ वटा घर तथा टहरा जल्दा करिब डेढ करोड बढीको क्षति पुगेको प्रहरीले जनाएको छ । मेचीनगर ६ स्थित पुरानो भन्सार क्षेत्रमा रहेको बधशाला नजिकै स्थानीय छविलाल आङदाम्बेको घरबाट गएराति ८ बजे आगो लागेको थियो । बिजुली गएपछि आङदाम्बेले मैनबत्ती बालेर ग्यास सिलिण्डर जोडिएको पाइपको छेऊमा गएपछि त्यहीबाटै आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । चित्रा र फुसले बनाइएको आङदाम्बेको घर नजिकै अन्य घर तथा टहराहरु रहेकाले आगो चाँडो फैलिएको आगलागी पीडितको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *