Saturday, January 18, 2025
Home > आर्थिक समाचार > कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा संचालन

कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा संचालन

काठमाडौ, २५ मंसिर । काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा संचालन गरिएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्ना सेवाग्राहीलाई सहज ढंगले सेवा उपलब्ध गराउने अभियान अन्तरगत आजबाट ईपेमेन्ट सेवा संचालनमा ल्याएको हो । सो सेवाको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ईपेमेन्टले सेवाग्राहीलाई मात्रै सहज नबनाई कम्पनी रजिष्ट्रारको कार्यालयको सम्पूर्ण काम कार्वाहीलाई पारदर्शी बनाउने विश्वास व्यक्त गर्नु भयो । उहाँले कम्पनी रजिष्ट्रारको कार्यालयलाई आफ्नो कार्य सम्पादनमा पनि सहज बनाउने उल्लेख गर्नु भयो । त्यस अवसरमा मन्त्री यादवले श्रमको सम्मान गर्ने परिपाटीले मात्रै यस्ता सेवालाई प्रभावकारी ढंगले संचालन गर्न सकिने पनि बताउनु भयो । कार्यक्रममा बोल्दै सो कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले सेवाग्राहीलाई सहज बनाउन ईपेमेन्ट सेवा संचालन गरिएको बताउनु भयो । हाललाई ईपेमेन्ट सेवामार्फत् १ लाखसम्म पेमेन्ट गर्ने व्यवस्था गरिएको छ । चालू आर्थिक वर्ष भित्र सबै आर्थिक कारोबार इपेमेन्टमार्फत् गर्ने कम्पनी रजिष्ट्रारको कार्यालयको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *