Saturday, January 18, 2025
Home > आर्थिक समाचार > एडीबीको नेपाललाई १५० मिलियन अमेरिकी डलर ऋण सहायता

एडीबीको नेपाललाई १५० मिलियन अमेरिकी डलर ऋण सहायता

एसियाली विकास बंैक (एडीबी)ले नेपालको दुई वटा परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थ सचिव डा. राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच आज अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच ऋण सहयोगमा हस्ताक्षर भएको हो । नेपालको ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र विद्युतीय प्रशारण लाईन परियोजनाका लागि ऋण सहायता उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ । १ सय ३० मिलियन अमेरिकी डलर ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र २० मिलियन अमेरिकी डलर विद्युतीय प्रशारण लाईन परियोजनाका लागि खर्च हुने गरी एडीबीले ऋण सहायता उपलब्ध गराउने समझदारी गरिएको अर्थ सचिव खनालले जानकारी दिनु भयो । एडीबीले नेपालको आर्थिक तथा सामाजिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ । त्यस अवसरमा अर्थ सचिव खनालले नेपालको गरिवी निवारणमा एडीबीले पु¥याएको योगदानको खुलेर प्रशंशा गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *