Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > एडिबीले नेपाललाई करिव ३९ अर्ब ३२ करोड आर्थिक सहायता उपलब्ध गराउने

एडिबीले नेपाललाई करिव ३९ अर्ब ३२ करोड आर्थिक सहायता उपलब्ध गराउने

काठमाडौ, ४ मंसिर । एशियाली विकास बैंक (एडिबी) ले नेपाललाई करिव ३९ अर्ब ३२ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

पूर्व–पश्चिम राजमार्ग सुधार परियोजना र प्रकोप शहनशील विद्यालय निर्माण परियोजनाका लागि एडिबीले सो आर्थिक सहायता उपलब्ध गराउने भएको हो । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थ सचिव डा. राजन खनाल र एडिबीका लागि नेपाल आवासीय मिसनका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । एडिबीको सहयोग मध्ये १८ करोड डलर दक्षिण एशीया उपक्षेत्रीय आर्थिक समन्वय कार्यक्रममा खर्च हुनेछ । त्यसैगरी प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि १६ करोड ३९ लाख डलर खर्च हुने अर्थ सचिव खनालले जानकारी दिनु भयो । एडीबीको सो आर्थिक सहायताबाट नेपालको सडक संजालमा उल्लेख्य सुधार हुने नेपाल सरकारले विश्वास लिएको छ ।

एडीबीले नेपालको पूर्वाधार विकासमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *