Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > इमान्दार भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

इमान्दार भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौ, १ मंसिर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सम्मानको हकदार हुने गरि कार्य सम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।

आन्तरिक राजश्व विभागले सातौ कर दिवसको अवसरमा आज काठमाडौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले इमान्दार भएर कार्यसम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिनुभएको हो । करदाता संग सम्मानपुर्वक प्रस्तुत हुनुको साथै न्युन करका लागि उनीहरुसंग मोलाहिज्जा नगर्न पनि उहाँले सचेत गराउनुभयो । उहाँले राजश्वबाट तलब भत्ता खाने सबै कर्मचारी कर संकलनको सवालमा सजग र इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । कर प्रणालीलाई निजी क्षेत्र लगानी मैत्री बनाउने लक्ष्य अनुसार सरकारले उपभोक्ताको हितलाई प्रतिकूल असर नपर्ने गरि आधारभुत उद्योगहरुको संरक्षण गर्ने किसिमले कर प्रणालीलाई पुर्नसंरचना गरिने अर्थमन्त्री खतिवडाले बताउनुभयो । कार्यक्रममा अर्थ सचिव डाक्टर राजन खनालले कर प्रणालीलाई छिट्ै नै अनलाईन प्रणालीमा लैजाने बताउनुभयो ।
करको विवरण अनलाईनबाट भर्ने व्यवस्था भएपनि कर तिर्न, कर चुक्ता लिन तथा करमा दर्ताका लागि करदाता स्वयम् कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *