Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > इपीजीले तयार पारेको प्रतिवेदन मोदीले छिट्टै बुझ्ने भट्टराईको भनाई

इपीजीले तयार पारेको प्रतिवेदन मोदीले छिट्टै बुझ्ने भट्टराईको भनाई

काठमाडौ, २९ कार्तिक । प्रधानमन्त्रीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पार्नु भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले सो प्रतिवेदन बुझ्ने काममा ढिलाई नगर्न नेपाली पक्षले भारतीय पक्षलाई आग्रह गरिरहेको पनि स्मरण गराउनु भयो । ईपीजीले जुलाईमा तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदी बुझ्न ढिलाई भएको स्विकार गर्दै उहाँले अव छिट्टै बुझ्ने विश्वास व्यक्त गर्नु भएको हो । बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो प्रतिवेदन बुझ्ने मिति भने तय हुन नसकेको पनि जानकारी दिनु भयो । ईपीजीका सदस्य समेत रहनु भएका भट्टराईले सो प्रतिवेदन दुवै मुलुकको हितमा रहेको दावी समेत गर्नु भयो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले चीनका राष्ट्रपति सी जिन पिङलाई नेपाल भ्रमण गराउने विषयमा पनि प्रयास भईरहेको जानकारी दिनु भयो । उहाँले व्यापार र लगानीको विषयलाई जोड दिएर नेपालले परराष्ट्र सम्बन्धलाई अगाडि बनाउने योजना पनि सार्वजनिक गर्नु भयो । भारत–चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझै सुदृढ बनाएर नेपालले समृद्धिको लक्ष्य हासिल गर्न सक्ने भट्टराईको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *