Thursday, November 21, 2024
Home > खेलकुद समाचार > इपीएलको प्लेअफ समीकरण पूरा, विराटनगर बाहिरियो

इपीएलको प्लेअफ समीकरण पूरा, विराटनगर बाहिरियो

काठमाडौ, २ पुस । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफ समीकरण पूरा भएको छ ।

समूह चरणको अन्तिम खेलमा आज काठमाडौं किंग्स–११ ले विराटनगर वारियर्सलाई पराजित गरेसँगै प्लेअफ समीकरण पूरा भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं ५ विकेटले विजयी भयो । १०१ रनको सामान्य चुनौती काठमाडौंले १७ ओभर ५ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो । विराटनगरले १७ ओभर ५ बलमै अलआउट हुँदै १०० बनाएको थियो । जितसँगै काठमाडौं क्वालिफायरमा पुग्दा हार ब्यहोरेको विराटनगर प्लेअफबाट बाहिरिएको छ । ८ अंकको ललितपुर शीर्ष स्थानमा रहँदै यसअघि नै क्वालिफायरमा पुगेको थियो भने काठमाडौं रनरेटमा दोस्रो भयो । त्यसैगरी, भैरहवा ग्लाडियटर्स ६ अंकसहित तेस्रो तथा चितवन टाइगर्स विराटनगरभन्दा रनरेटमा अगाडि रहँदै ४ अंकसहित प्लेअफमा पुगेको छ । ६ टिम सहभागी प्रतियोगिताबाट विराटनगर र अंकविहीन पोखरा राइनोज बाहिरिएका हुन् । यसैविच पहिलो क्वालिफायर खेल भोलि ललितपुर र काठमाडौंबीच हुनेछ । त्यसको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले भैरहवा र चितवनबीचको इलिमिनेटर खेलको विजेतासँग फाइनलका लागि खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *