Saturday, January 18, 2025
Home > मुख्य समाचार > इटहरीस्थित एक उद्योगमा भीषण आगलागी, करोडौँको क्षति

इटहरीस्थित एक उद्योगमा भीषण आगलागी, करोडौँको क्षति

सुनसरी, २५ मंसिर । सुनसरीको इटहरी स्थित एक उद्योगमा भएको भीषण आगलागी ३ घण्टापछि नियन्त्रणमा लिइएको छ ।

इटहरी उपमहानगरपालिका १० मा रहेको लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा बिहान साढे ६ बजे आगलागी सुरु भएको थियो । उद्योगको मुख्य गोदामबाट आगो सल्किएको बताइएको छ । इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकलको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा लिइएको हो । नेपाली सेना, शसस्त्र प्रहरी , जनपथ प्रहरी र स्थानीयवासीको थप प्रयासमा आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले जानकारी दिनुभयो । आगलागीको कारण भने खुल्न सकेको छैन । भानु टेब्रीवालले संचालन गरेको उक्त फर्म फ्याक्ट्रीमा बिहान ४ बजे सम्म ६ जना मजदुर काम गरिरहेको भए पनि आगलागीको समयमा भने कोहि मजदुर नरहेको मजदुरहरुले बताएका छन । आगलागीबाट भएको क्षतिको पूर्णविवरण आउन बाँकी नै रहेपनि आगलागीबाट मेसिन र अन्य कच्चापर्दाथ पूर्णरुपमा जलेकाले करोडौको क्षतिभएको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *