Saturday, January 18, 2025
Home > खेलकुद समाचार > इटहरीमा दोस्रो आमन्त्रण इन्डो उसु प्रतियोगिता हुने

इटहरीमा दोस्रो आमन्त्रण इन्डो उसु प्रतियोगिता हुने

१५ भदौ, सुनसरी । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उत्कृष्ठ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित इटहरीमा दोस्रो आमन्त्रण इन्डो उसु प्रतियोगिता आयोजना हुने भएको छ । आगामी भदौ २९ र ३० गते इटहरी रगंशालामा प्रतियोगिता हुने नेपाल उसु संघ इटहरी उसु क्वानले जानकारी दिएको छ । उसु क्वानले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगितामा १ नम्वर प्रदेश र भारतका १० जिल्ला गरी २२१ जना खेलाडी सहभागीहुने बताइएको छ । नेपाल र भारत दुवै देशका खेलाडीहरुलाई उमेर समूहका आधारमा समावेश गरी प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार नगदसहित मेडल, प्रमाणपत्र पाउने छन् । त्यसैगरी दोश्रो,तेश्रो र सान्त्वना हुनेले क्रमश २० हजार, १५ हजार र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । प्रतियोगिता सञ्चालनका लागि १० लाख बढी खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजनाले एक नम्बर प्रदेशका दक्ष खेलाडीहरुको क्षमतालाई बाहिर ल्याउन सहयोग गर्ने कार्यक्रम संयोजक मीनकुमार मगरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *