Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > इटहरीका स्थानीयबासी ढल निकासको समस्या भोग्दै

इटहरीका स्थानीयबासी ढल निकासको समस्या भोग्दै

इटहरी, २७ मंसिर । इटहरीका व्यवसायी, स्थानीय बासिन्दा र पर्यटकले लामो समयदेखि ढल निकासको समस्या भोग्दै आएका छन् ।

दलहरुले निर्वाचनका समयमा ढल निकासको मुद्दालाई जोडदार रुपमा उठाए पनि अहिलेसम्म ढल निकासको समस्या समाधान हुन सकेको छैन । इटहरी उपमहानगरपालिकामा जनप्रतिनिधिले कार्यभार सम्हालेको एक वर्ष बितिसकेको छ । तर, ढल निकासको समस्या समाधान गर्नेतर्फ ध्यान दिन सकेको छैन । वर्षाको समयमा मात्र नभएर बाह्रै महिना पसल र सडकमा ढल पसेर हिँडडुल गर्न र बस्न नै समस्या भएको स्थमनीय व्यवसायी सरोज ताम्राकारले गुनासो गर्नुभयो । साँघुरो नालीका कारण फोहोर पानी सडक हुँदै बग्ने गरेको छ । पूर्वाधार विकासका लागि सरकारसँग आग्रह गरे पनि चासो नदिएको स्थानीयको गुनासो छ । यता इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले योजनाबद्ध रुपमा शहर विकास नभएकाले व्यवस्थापन गर्न कठिनाई भएको बताउनुहुन्छ ।

बजार क्षेत्रमा निस्कीने ढलको व्यवस्थापन र सर्वसाधारणमा जनचेतना फैलाउनको लागि इटहरी उपमहानगरपालिकाले उपयुक्त कदम चाल्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *